पुस १०, २०८० काठमाडौं । नयाँ संविधान जारी भएपछि दोश्रो आवधिक निर्वाचन भएर सरकार गठन भएको मंगलबार एक वर्ष पूरा भएको छ । गतवर्ष मंसिर ४ गते निर्वाचन भएपछि संसद्को तेश्रो शक्ति बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० प्रधानमन्त्री नियुक्त भएका थिए । मंगलबार दाहाल प्रधानमन्त्री नियुक्त भएको ठीक एक वर्ष पूरा भएको छ ।