Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

सरकारी सञ्चार माध्यमलाई सबै पक्षका लागि पठनीय बनाउन आवश्यकः मन्त्री शर्मा

पुष १, २०८० काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमलाई प्रतिस्पर्धी र समयअनुसार सबल बनाउन अनिवार्य रहेको बताएकी छिन् । आइतवार गोरखापत्र संस्थानको अंग्रजी प्रकाशन दि राइजिङ नेपाल दैनिकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी सञ्चार माध्यमलाई सरकारी मान्छेले मात्र पढ्नेखालको नभइ सबै पक्षका लागि पठनीय बनाउन आवश्यक रहेको बताइन् ।