असोज ७,२०७८ काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बुधबार साँझ बसेको बैठकले यो हप्ताभित्र नै सरकारलाई पूर्णता दिने सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद विस्तार र राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिस्थापनका सम्बन्धमा पनि छलफल गरेको छ । छलफलमा सहभागी नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको पूर्णता र अध्यादेश सम्बन्धी छलफल भएको बताउनुभयो ।