Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

नयाँ गठबन्धनले देशलाई सही मार्गचित्रमा लैजान्छ: यादव

फागुन ३०, २०८० काठमाडौं । माओवादी केन्द्रका सांसद महेन्द्र राय यादवले सत्य निरुपणलगायत अन्य कानून र विधेयकहरुको सम्बोधन गर्नका लागि नयाँ गठबन्धनलाई विश्वासको मत दिन आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले विधेयकलाई नयाँ गठबन्धनले सम्बोधन गर्नुपर्ने भएको हुनाले विश्वासको मत आवश्यक भएको भन्दै गठबन्धनलाई मत दिनको लागि सबै सांसदहरुलाई आग्रह गरे ।