Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

खाद्यवस्तुका उत्पादकदेखि उपभोक्तासम्म ६ तह बिचौलिया

असार २४,२०७७ काठमाडौं । खाद्यवस्तुका उत्पादकदेखि उपभोक्तासम्म अस्वाभाविक रूपमा बिचौलिया देखिएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न वस्तुको अध्ययन गरी तयार पारेको निष्कर्षमा विभिन्न तह भेटिएका हुन् । विभागको टोलीले तेल, पानी, औषधि, सिमेन्ट र स्टिलमा अध्ययन गर्दा यस्ता विभिन्न तह भटिएको विभागका प्रवक्ता रवीन्द्र आचार्यले जानकारी दिए । खाने तेलमा अधिकतम ४ देखि ६ तह देखिएको उनले बताए ।