फागुन २३, २०८० काठमाडौं । नेपाल टेलिकमले सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने भएको छ । बुधबार टेलिकमले विज्ञप्ति सार्वजनिक गर्दै कम्पनीले रोमिङ पार्टनरसँग गरेको सम्झौताअनुसार पहिलेभन्दा सस्तो दरमा डाटा रोमिङ सेवा सेवा सञ्चालन गरिएको जानकारी दिएको हो ।