Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

शिवरात्रिलाई लक्षित गर्दै पाशुपत क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ बेच्न रोक

फागुन २२, २०८० काठमाडौं । शिवरात्रिको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पाशुपत क्षेत्रभित्र मासु, मदिरा र नशालु पदार्थ बेच्न रोक लगाएको छ । फागुन २५ मा मनाइने महाशिवरात्रि पर्वलाई अनुशासित र मर्यादित बनाउन फागुन २३ बाट २७ गतेसम्म सो क्षेत्रमा नशालु पदार्थ र मासु सेवन, ओसारपसार र भण्डारण गर्न निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचना अनुसार गौशाला-मित्रपार्क सडक, पशुपति मन्दिरको पूर्व–पश्चिम, तिलगंगा क्षेत्र, मित्रपार्कक्षेत्र र गुहेश्वरीबाट दक्षिण भित्रका सबै