प्रवासमा रहेका नेपालीको अधिकार सुरक्षित गर्ने ऐनको मस्यौदा तयार भएको छ । नयाँ संविधानमा उल्लेखित राजनीतिक अधिकारबाहेक अरु अधिकारसहित दोहोरो नागरिकता दिने विषयलाई कार्यन्वयनका लागि सरकारले ऐन निर्माण सकेर सरोकारवाला गैरआवासिय नेपाली संघलाई थप सुझावका लागि पठाइएको गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामीछानेले बताए ।