Trending :
 
रोजगार | अवसर पृष्‍ठ
प्रमुख समाचार
 

८ वर्षमा ५७ लाख एमआरपी वितरण !

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) वितरण सुरु गरेको आउँदो साता ८ वर्ष पूरा हुँदैछ । २०७६ पुस ११ गतेबाट एमआरपी जारी गर्न सुरु गरेको विभागले यो ८ वर्षको अवधिमा साढे ५७ लाख एमआरपी जारी गरिसकेको छ । यो अवधिमा विभागले प्रति वर्ष औषतमा ७ लाख भन्दा बढी पासपोर्ट जारी गरेको देखिन्छ ।