मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

निःसन्तान दम्पतीहरुको विषयवस्तुमा बनाएको फिल्म मनसरा आजदेखि प्रदर्शनमा

बैशाख २१, २०८१ काठमाडौं । अन्तरजातीय सम्बन्धको आयाम तथा निःसन्तान दम्पतीहरुको मनोदशालाई मुख्य विषयवस्तु बनाएको फिल्म ‘मनसरा’ आज शुक्रवारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई ठूला मल्टिप्लेक्स चेनले उच्च शो दिएका छन् । फिल्मलाई क्यूएफएक्सले देशभर ६९ शो दिएको छ ।