Trending :
 
मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

‘कृष ४’को तयारी सुरु

चैत १३, २०८० मुम्बई । बलिउडको लोकप्रिय सुपरहिरो फ्रेञ्चाइजी ‘कृष’को चौथो संस्करणको तयारी सुरु भएको छ । फिल्मका निर्देशक राकेश रोशन ‘कृष ४’लाई फ्लोरमा लैजानका लागि तयारी अवस्थामा छन् । राकेश र उनका अभिनेता छोरा ऋतिक रोशन ‘वार २’को छायाङ्कन पुरा हुनासाथ ‘कृष ४’मा व्यस्त हुनेछन् । ‘कृष ४’का लागि आफूले गर्नुपर्ने तयारीका लागि ऋतिकले समय छुट्याइसकेका छन् ।