मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

श्रीदेवीलाई हेर्न जब अफगानिस्तानमा रकेट फायर रोकियो

फागुन १३, २०८० काठमाडौं । बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीको निधन भएको आज ६ वर्ष पुगेको छ । ठूला आँखा, सुन्दर अनुहार र स्वरकी धनी श्रीदेवीले आफ्नो अभिनयले पितृ सत्तात्मक उद्योगलाई पल्टाइदिएकी थिइन् । चार वर्षको उमेरदेखि अभिनयसँग जोडिएकी श्रीदेवीले आफ्नो जीवनका ५० वर्ष फिल्मलाई दिइन् । उनले यो समयावधिमा पद्मश्री, नेशनल अवार्ड, फिल्मफेयर, लाइफटाइम अचिभमेन्टलगायतका कैयौं सम्मान पाइन् । उनको निधन सन् २०१८ को फेब्रुअरी २४ मा दुबईमा भएको थियो । उनी र पति बोनी कपूर भतिजको विवाहका लागि दुबई पुगे