Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

शैक्षिक उन्नयनका लागि बीस लाखको अक्षयकोष

पुस १७, २०८० काठमाडौं । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले रु २० लाखको अक्षयकोष स्थापना गरेका छन् । देवचुली-७ रामबासका तीर्थराज न्यौपाने र भवानी न्यौपानेले स्थानीय भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा ‘शर्मिला न्यौपाने (गुलाटी) स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको हो ।