Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

सरकारको एक वर्षः कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा

पुस ८, २०८० काठमाडौं । नेपालले करिब डेढ दशकअघिदेखि उठाउँदै आएको हिमालको मुद्दा यसपटक स्वीकृत भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) मा यो मुद्दालाई महत्वका साथ समावेश गरिएको छ । जलवायुले हिमालमा पारेको असरबारे यसपटक सम्मेलनका सदस्य राष्ट्रहरुको ध्यानाकर्षण भएको हो । यसबाट नेपाल र अन्य हिमालय क्षेत्रका देश जलवायु परिवर्तनका क्षेत्रमा परेको असरको क्षतिपूर्तिका थप भागिदार बन्नसक्ने भएका हुन् । सन् २००९ मा डेनमार्कको कोपेनहेगनमा सम्पन्न ‘कोप-१५’ मा नेपाललगायतका हि