Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

तोलामा एक हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुदैछ कारोबार ?

पुस ४, २०८० काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य सूची तय गर्दै हिजोको तुलनामा एक हजार रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ ।