Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

पाकिस्तानः जेलमा रहेका इमरान खानले ३ क्षेत्रबाट उम्मेदावरी दिने

पुस ५, २०८० काठमाडौं । पाकिस्तानमा आसन्न आम निर्वाचनमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले तीनवटा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएका छन् । उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले पूर्व क्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरानले चुनाव लड्ने घोषणा गरेको हो । उनी अहिले इस्लामावादको तल्लो अदालतको अगस्ट ५ को फैसला अनुसार तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर जेलमा छन् ।