
मंसिर १२ , २०८० काठमाडौं कोशी प्रदेश सभामा प्रस्तुत बजेट प्रतिस्थापन विधेयकप्रति सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश सभा बैठकमा भएको छलफलमा बोल्ने क्रमम उनीहरुले असन्तुष्टि जनाएका हुन् । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्न ल्याइएको विधेयकप्रति एमाले र सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि पोखेका हुन् ।