
मंसिर १०, २०८० काठमाडौं । “यसलाई बर्दियाबाट यहाँ ल्याइएदेखि नै मैले यसको हेरचाह गर्दै आइरहेको छुु । योसँग मेरो बेग्लै सम्बन्ध गाँसिएको छ । मलाई एकछिन् देखेन भने यसले अस्वाभाविक व्यवहार देखाएर मलाई खोज्न थाल्छ ।” यो भनाइ हो माहुते विजय चौधरीको । शुक्रबार बिहान समीर गज नामको हात्तीलाई अँगालोभरी खरले बेरिएको कुची खुवाउँदै विजयले हात्तीसँग गासिएको आफ्नो भावनात्मक सम्बन्धबारे सुनाउनुभयो ।