मंसिर ८,२०८० काठमाडौं । विभिन्न माग राखेर बिहीबार राजधानीकेन्द्रित प्रदर्शनको अगुवाइ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जनताका लागि आवाज उठाउँदा आफ्नै घरमा नजरबन्द हुनुपरेको बताएका छन् । शुक्रबार भक्तपुरको ठिमीस्थित आफ्नो घरमा पत्रकार सम्मेलन गर्दै उनले आफू गणतन्त्र विरोधी नभएर व्यवस्था र गलत आचरणको विरोधी रहेको भन्दै जनताको लागि आवाज उठाउँदा आफ्नै घरमा नजरबन्द हुनुपरेको गुनासो गरे ।