Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

विश्वकप फाइनल आइतबारः भारतीय टिमको जीतका पक्षमा पूजापाठ, विशेष ट्रेनहरू चलाउने घोषणा

मंसिर २, २०८० काठमाडौं । भोलि आइतबार क्रिकेट विश्व कपको फाइनल खेल हुँदैछ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा भारतको राष्ट्रिय टिम र अष्ट्रेलियाको राष्ट्रिय टिम प्रतिष्पर्धा गर्दैछन्। विश्वकपको फाइनल आइतबार दिउँसो २ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। अहमदाबाद र वरपरका शहरहरूमा छ तारे, पाँच तारे र तीन तारेसम्मका सुविधाजनक होटलहरु बूक भैसकेको छ। अरु स्तरका होटलहरूमा पनि कोठाको माग आकाशिएको छ।