सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहिन

श्रावण ३२,२०७६

-

साउन ३२, २०७६ काठमाडौं ।
समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहिन हुन थालेका छन् ।
 
नवौं, दशौं र एघारौं तहका अधिकांश डाक्टरले संघ रोजेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले उनीहरुलाई पदस्थपना गर्न थालेको छ । यहाँबाट ११ विशेषज्ञको पदस्थापना अन्य प्रदेशमा भएको छ । 
 
अन्यत्रबाट भने एक जना मात्रै पदस्थापना हुने सूची प्रकाशन भएको छ । 
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा हेमराज पाण्डेयले समायोजनको पत्र आएको १० दिन नाघेको बताए । 
 
सेतीमा २४ जनाको दरबन्दीमा तीन जना मात्रै बाँकी रहने भएका छन् । ११ औं तहका डाक्टर पाण्डेय १० औं तहका खगेन्द्र भट्ट र नवौं तहका जगदीश जोशी बाहेकका डाक्टरको सरुवा भइसकेको छ ।
 
अन्नपूर्ण दैनिकमा खबर छ।