पार्टी विधिविधानभित्र चल्न नसकेको काङ्ग्रेस नेता जोशीको भनाई

माघ ०२,२०७६

-

माघ २,२०७६ काठमाडौं ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको बताउनुभएको छ । 
 
नेपाली काँग्रेस विर्तामोड नगरसमितिले बिहिबार विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली काँग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको बताउनुभयो ।
 
उहाँले काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रीत रहेको धारणा राख्नुभयो । “नेपाली काँग्रेस अब सच्चिन जरुरी छ”, उहाँले भन्नुभयो, “पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रीत हुनुपर्छ ।” 
 
कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, भोला पौडेल, लक्ष्मी आचार्यलगायतले बोल्नुभएको थियो ।