आईपीएल क्रिकेटमा पञ्जाबलाई ६ विकेटले हराउदै चेन्नईको पहिलो जित दर्ता

बैशाख ०४,२०७८

-

वैशाख ४,२०७७ काठमाडौं ।
इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले  गरेको छ ।
 
चेन्नईले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराएको हो । मुम्बईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।
 
१ सय ७ रनको लक्ष्य पाएको चेन्नई सुपर किङ्ग्सले ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । चेन्नई सुपर किङ्ग्सका लागि मोइन अलिले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै फाप डु प्लेसिसले ३६ रन जोडे । चेन्नई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो ।
 
यस्तै पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको थियो ।