सूचना प्रविधि समितिको बैठक बस्दै

बैशाख ०३,२०८१

-आस्था न्यूज

बैशाख ३, २०८१ काठमाडौं ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सोमबार बस्दैछ । बैठक आज मध्यान्ह साढे १२ बजे सिंहदरबारमा बस्नेछ । 
 
बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुनेछ ।