नेकपा एमाले संसदीय दलको बैठक बस्दै

बैशाख ०३,२०८१

-आस्था न्यूज

बैशाख ३, २०८१ काठमाडौं ।
आज सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ । 
 
आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।