वामपन्थी एकताले अहिले सरकार पनि नबन्ने र देश पनि नचल्ने ओलीको टिप्पणी

बैशाख ०३,२०८१

-आस्था न्यूज

वैशाख ३, २०८१ काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताले अहिले सरकार पनि नबन्ने र देश पनि नचल्ने बताएका छन् ।
 
एमाले संसदीय दलको सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने काम आफूहरुको भएको बुझेको बताए । त्यही बुझेर नै विस्तार र एकताबाट दुई तिहाइको अवस्थामा पु¥याएको भन्दै उनले भने, ‘त्यसलाई तोडेर आन्दोलन कमजोर भयो ।’
 
अहिले भने सुशासन समृद्धिको बाटोतर्फ अगाडि बढ्ने, नराम्रो काम गर्दिनँ भन्ने प्रतिवद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक रहेको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ ।’
 
वामपन्थी भन्ने, भोट चाहिँ कांग्रेसलाई हाल्नेहरुसँग एकता गरेर पार्टी बलियो नहुने बताए । उनले अगाडि भने, ‘यस्ता शक्तिहरुसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम राख्नु हुँदैन । पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, सुदृढ गर्नुपर्छ ।’