मधेश प्रदेशसभा बैठक स्थगित

बैशाख ०४,२०८१

-आस्था न्यूज

वैशाख ४, २०८१ काठमाडौं। 
जनमत पार्टीले आफ्ना मन्त्री र सांसदमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा गत माघ ८ गते राजविराजमा भएको सांघातिक हमलाको संसदीय छानबिन समिति बनाउन माग गर्दै रोस्ट्रम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ । 
 
मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिन मंगलबार २ बजे सुरु भएको प्रदेशसभाको बैठकमा जनमत पार्टीका प्रवक्ता एवं प्रदेश सांसद चन्दन सिंहले हमलाको संसदीय छानबिन समिति, रकमान्तरको छानबिन गर्न बनेको संसदिय समितिको प्रतिवेदन सार्वजनिक र कार्य व्यवस्था परामर्श समितिको बैठक नबसी मंगलबार प्रदेशसभाको बैठक डाकिएकोमा आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।