
कात्तिक १५, २०८० काठमाडौँ । पर्यटनमन्त्री सुदन किरातीले निषेधित क्षेत्र धेरै हुँदा नेपाल घुम्न आउने विदेशी पर्यटकलाई असहजता हुने गरेको बताएका छन् । मंगलबार नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्ती विशेष कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् । पर्यटनबाट मात्रै नेपालको समृद्धि सम्भव रहेको उनले दोहोर्याए ।