माघ ८, २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीबाट नआएको दाबी गरेका छन् । कान्तिपुर दैनिकले सोमबार उनको खातामा उक्त रकम सहकारीबाट आएको भन्दै समाचार प्रकाशित गरेको थियो । त्यसको जवाफ दिन आयोजना गरेको पत्रकार सम्मेलनमा लामिछानेले ग्लोबल आइएमई बैंकबाट आफ्नो खातामा पैसा सहकारीबाट नआएको विवरणसहितको पत्र प्राप्त भएको बताए ।