
कात्तिक १३, २०८० काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भोलि कात्तिक १४ गते मंगलबार ४ः०० बजे सम्बोधन गर्ने भएका छन्। महासचिव गुटरेस नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय प्रतिनिधि हुनेछन् । यसअघि नेपाल भ्रमणमा आएका राष्ट्रसंघका तत्कालिन महासचिव वान्की मूनले संसदको ल्होत्से हलमा सांसदहरुको भेलालाई सम्बोधन गरेका थिए।