Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

खाडीबाट दैनिक ४ हजारसम्म श्रमिक ल्याइने, पीसीआर रिपोर्ट अनिवार्य

भदौं २६, २०७७ काठमाडौं । सरकारले खाडी तथा मलेसियाबाट दिनमा चार हजारसम्म नेपाली श्रमिकलाई ल्याउने भएको छ । रोजगार कटौतीमा परेर र करार अवधि सकिएर पनि महिनौंदेखि कुरिरहेका नेपालीले प्रवासी भूमिमा सरकारविरुद्ध नारा लगाउन थालेपछि बिहीबार उडान संख्या थप गर्न अनुमति दिइएको हो । यसअघि सरकारले दिनमा ८ सय जना मात्रै कोटा तोकेको थियो ।