साउन १०, २०७८ काठमाडौं । भारतीय नागरिकले नेपालगन्जमा कोठा भाडामा लिएर लागूऔषध ब्राउनसुगरको कारोबार गर्ने गरेको खुलासा भएको छ । भारतमा सहजै पाइने लागूऔषध ब्राउनसुगरलाई भारतीय नागरिकले नेपालगन्जमा कोठा भाडामा लिएर बिक्री-वितरण गर्ने गरेको खुलेको हो । यस्तो धन्दामा लाग्ने एक भारतीय पत्रकार रहेका छन् भने अर्का नेपालगन्जमा सुन पसलमा काम गर्ने व्यक्ति छन् । पत्रकारको परिचयपत्र भएपछि नाकामा आवत-जावत गर्न सहज हुने गर्दछ । पत्रकारलाई प्रहरीले जाँच गरेको पाइँदैन ।