कार्तिक १४,२०७६ काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि बुधबार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ । बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै अस्पतालले बुधबार र बिहीबार गरी प्रधानमन्त्री ओलीको दुईपटक ‘हेमोडायालसिस’ गरिएको र अहिले प्रधानमन्त्री ओली पूर्णरुपमा स्वस्थ रहेको दाबी गरेको हो ।