Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

सिँचाइ अभावले सर्लाहीमा चैते धानखेती सङ्कटमा

चैत २६, २०८० काठमाडौं । पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ। सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन सङ्कटमा परेको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यान्वयन इकाइ सर्लाही र रौतहटका वरिष्ठ बाली विकास अधिकृत रामबलम प्रसाद साहका अनुसार हाल जिल्लाको हरिपुर्वा, ईश्वरपुर, लालबन्दी, गोडैता, कविलासी नगरपालिका चक्रघट्ट गाउँपालिकालगायत क्षेत्रमा मात्र किसानले चैते धानखेती गर्दै आएका छन्।