चैत ७, २०८० काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सांसद सदस्यहरुको सुझाव समेतका आधारमा आगामी बजेट तर्जुमा गरिने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बुधबार उनले संसदमा दिएका सुझावहरु बजेटमा समावेश हुने कुरामा शंका उत्पन्न भएको भन्दै सुझाव समेतका आधारमा बजेट तर्जुमा गर्ने बताए ।