माघ ३, २०८० काठमाडौं । करिब ४८ वर्षदेखि लालपुर्जाविहीन भएका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई ओटा वडाका करिब एक हजार दुई सय परिवारको समस्या सुल्झाउन जिल्लास्तरमा कार्यदल गठन गरिएको छ । कैयौँपटक सरकारीस्तरबाट ‘फिल्ड भिजिट र अनुगमन–निरीक्षण’ गर्दापनि कुनै विकल्प ननिस्किएपछि जिल्लास्तरमा समस्या समाधानको उपाय खोज्न कार्यदल गठन गरिएको जनाइएको छ ।