Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

कम्प्युटर सिस्टममा समस्या आएपछि ईपीएस भाषा परीक्षा केही दिन ढिलागरी हुने

माघ २, २०८० काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा केही ढिलाइ हुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयार भएको थियो । तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि सूचना जारी गर्ने गरी काम भइरहेको छ ।