माघ ७, २०८० काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न शीर्षकमा अनुदान र लेखनवृत्तिका लागि आवेदन माग गरेको छ । काउन्सिलले यसवर्ष ३० वटा ल्यापटप र ६ वटा क्यामेरा खरिदमा ४० प्रतिशतसम्म अनुदान दिने भएको छ भने अन्य १० जनालाई लेखनवृत्ति र ७ जनालाई सोधपत्रमा अनुदान दिने जनाएको छ ।