Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

मुगुमा चिसोबाट बच्न विद्यार्थीहरुलाई ज्याकेट

पुस १७, २०८० काठमाडौं । हिमाली जिल्ला मुगुको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिकामा रहेका नौवटा बिद्यालयमा अध्ययनरत १ हजार ६ सय विद्यार्थीलाई चिसोबाट बच्न ज्याकेट प्रदान गरिएको छ । हिमाली जिल्लामा पुस महिनामा जाडो बढेसँगै बिद्यालयमा विद्यार्थी कम आउने भएकाले खत्याड गाउँपालिकामा रहेका चार माध्यामिक विद्यालय र पाँचवटा आधारभूत प्राथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सोबरस एक्सन नेपाल नामक सस्थाले न्यानो ज्याकेट सहयोग गरेको हो ।