पुस १६, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनअपेक्षा अनुरुपको समृद्धि ल्याउन, विकास, शान्ति र व्यवस्थालाई बलियो बनाउनुपर्ने भन्दै सबैले त्यसका लागि संकल्प गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसले ४८औं मेलमिलाप दिवसका अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न नयाँ एकताको वातावरण बनेको धारणा राखे । एमाले अध्यक्ष ओलीले सोही कार्यक्रममा संविधान कार्यन्वयन तथा व्यवस्थाको पक्षमा आफूहरु रहेको बताएपछि दंग परेका प्रधानमन्