Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

एसपी बन्न रस्साकस्सी, ७ पदका लागि १२ डीएसपीको दौडधुप

पुष २, २०८० काठमाडौं । नेपालमा प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक पद (एसपी) पदमा बढुवाका लागि १२ जनाको रस्साकस्सी चलेको छ । मंसिर ५ गते एसपीबाट ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए । बढुवा र पद रिक्तपछि प्रहरीमा ७ एसपीको दरबन्दी खाली छ । एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई एसएसपीमा बढुवा भएका थिए ।