पुष १, २०८० काठमाडौं । धुम्रपानको सेवनले फोक्सोको क्यान्सर, मुटुरोग लगायतका रोगहरु लाग्दछ भन्ने त सबैलाई थाहा छ । धुम्रपानले मस्तिष्कलाई संकुचित बनाउँछ र यो लतले मस्तिष्कको समयपूर्व बुढ्यौली निम्त्याउँछ । धुम्रपान छाड्दा मस्तिष्कको तन्तुलाई हुने थप क्षतिबाट जोगाउन सकिन्छ । तर मस्तिष्क पुरानै आकारमा फर्किँदैन भन्ने एक अध्ययनले देखाएको छ ।