मंसिर २९, २०८० काठमाडौं । प्रस्तावित न्यायाधीश विरुद्ध परेको उजुरीमाथि छलफल गर्न आज बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमान विरुद्ध परेको उजुरीमाथि सुनुवाइ हुने संसद सचिवालयले जनाएको छ ।