मंसिर २६, २०८० काठमाडौं । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने नारा रहेको छ । सो नारा दिगो विकास एजेण्डा, २०३० अन्तर्गत गरिएको ‘कसैलाई पछि नछाडौँ’ भन्ने मूल नारामा आधारित छ ।