मंसिर २१, २०८० काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहने छन् ।