मंसिर २२, २०८० काठमाडौं । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतमा मानिस र जङ्गलका बोटबिरुवा फरक भएको देखिन्थ्यो । तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ ।”