चिनियाँ विदेश मन्त्रालयले दोक्लाम चीनकै हिस्सा भएको दोर्होयाउँदै उक्त क्षेत्रमा आफ्नो देशले सडक बनाउनु जायज भएको बताएको छ । बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता लू काङले त्यसबारे जानकारी गराएकी हुन् । केही सञ्चारमाध्यमहरूमा हालै प्रकाशित भूउपग्रह तस्वीर अनुसार चीनले विवादित भनिएको उक्त क्षेत्र नजिकै चीनले एउटा ठूलो सैन्य संरचनाको निर्माण गरिरहेको छ ।