माघ ४, २०८० काठमाडौं । दक्षिण कोरियाली एक विश्वविख्यात गल्फ खेलाडीले आमाबाबु गुमाएका टुहुरा बालबच्चाको हितका लागि करोडौं रकम दान गरेकी छन्। कोरियाली गल्फर शिन जी–याईले आमा र बाबु वा दुवैले आत्महत्या गरेपछि चर्को आर्थिक कठिनाइको सामना गरिरहेका बालबालिकालाई आफूले जितेको पुरस्कारमध्येबाट यसरी सहयोग गरेकी हुन्। कोरिया फाउन्डेसन फर सुसाइड प्रिभेन्सन मार्फत हालसालै शिन जी–याईले ती बालबालिकालाई सहयोग गर्ने एउटा परियोजनाका लागि कोरियाली मुद्रा २० मिलियन वोन (४ लाख १४ हजार ९०० अमेरिकी डलर) दान गरिन्।