Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

माघे सङक्रान्तिको कार्यक्रममा टुँडिखेलमा भागदौड हुँदा ८ जना घाइते

माघ १, २०८० काठमाडौं । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा आठ जना घाइते भएका छन् । टुँडिखेलमा माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको छुट्टा(छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा उनीहरु घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।