पुस २८, २०८० काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक आज बिहान ११ बजेदेखि सुरु हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए । बैठकमा पार्टीको विधान संसोधनबारे छलफल बैठकको मुख्य एजेण्डा रहेको सापकोटाले बताए ।